कोरोना र युक्रेन युद्धले आर्थिक क्षेत्रमा चाप पर्‍यो

कोरोना र युक्रेन युद्धले आर्थिक क्षेत्रमा चाप पर्‍यो

काठमाडौँ : युक्रेनमा भएको युद्ध र कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा चाप परेको र अहिले सुधारतिर गएको सरकारले दाबी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै आर्थिक सङ्कटबाट पाठ सिकेर उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सरकार केन्द्रित रहेको बताइन्।

दिगो विकास र सुशासनमा सरकारले प्राथमिकतामा राखेको, कृषि, यातायात, कृषि र सूचना प्रविधिको प्रयोग गरेर आर्थिक पुनरुत्थान प्रयोग गरिने कार्यक्रममा उल्लेख छ।

आन्तरिक उत्पादन वृद्धिका लागि व्यावसायिक वातावरण निर्माण गर्न नीतिगत कानुन र प्रणालीमा सुधार गरिने, विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गरिने, सार्वजनिक खर्च व्यवस्थापनलाई सहजीकरण गरिने, नतिजामा आधारित कार्य योजना र विकास निर्माणमा सम्बन्धी ठेक्कामा आउने विवाद सुल्झाउन सार्वजनिक खरिद सम्बन्धी कानुनमा संशोधन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

 

१० जेठ, २०७९, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।