बैतडीमा कोदालो प्रहार गरी एक युवकको हत्या

बैतडीमा कोदालो प्रहार गरी एक युवकको हत्या

बैतडी : जिल्लाको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ। श्यामको कोदालो प्रहारबाट मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

आज दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन्। 

वीरेन्द्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

२३ बैशाख, २०७९, १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।