काठमाडौँ : युवापुस्तामाझ लोकप्रिय र्यापर बालेन शाहले स्थानीय तहको आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
उकेरा कला
उनले फेसबुकमा २-३ वर्ष अगाडिबाटै उम्मेदवार बन्ने योजना बनाएको र निर्वाचनको मिति नजिकै आएकाले घोषणा गरेको बताएका छन्। उनले लेखेका छन्, 'अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौँ हामी आफैँ बचाउँछौँ ।'
उनले ह्यासट्याग #BalenForMayor र #AbaYuvaKoPalo प्रयोग गरेका छन्।
२०७८ पुष ०१ गते १:१६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।