उपमेयर कपको उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने 

उपमेयर कपको उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने 

उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शनिबार भएको पहिलो सेमिफाइनलमा तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिकालाई ३-० तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै दुवैले फाइनल भेट पक्का गरेका हुन्। 

फाइनल खेल आइतबार दिउँसो १ बजे हुने आयोजक बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले बताए। प्रतियोगितामा बेनी नगरपालिकाले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। 

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाउनेछ। उपविजेता टिमले नगद ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, तेस्रो हुने टिमले नगद ३५ हजार रुपैयाँ तथा चौथौँ टिमलाई १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए।

लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरी १० टिमले भाग लिएका छन्। 

२५ मंसिर, २०७८, २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।