व्यावसायिक फुटबलमा रोनाल्डोको ८ सय गोल पूरा

व्यावसायिक फुटबलमा रोनाल्डोको ८ सय गोल पूरा

एजेन्सीः पोर्चुगल फुटबल टोलीका कप्तान तथा सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलमा ८ सय गोल पूरा गरेका छन्। गए राति भएको आर्सनलविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले यस्तो कीर्तिमान रचेका हुन्। 

रोनाल्डोको कीर्तिमान रचिएको खेलमा म्यान्चेस्टर यूनाइटेडले ३-२को जित निकाल्न सफल भयो। हाल रोनाल्डोको नाममा ८०१ गोलको कीर्तिमान रहेको छ। 

३६ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय फुटबलमा ११५ गोल, च्याम्पियन्स् लिगमा १४० गोल र युरोपियन च्याम्पियनसिपमा १४ गोलको कीर्तिमान छ।

१७ मंसिर, २०७८, ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।