'ए' डिभिजन लिगको तेस्रो चरण आजबाट: दुई खेल हुँदै

'ए' डिभिजन लिगको तेस्रो चरण आजबाट: दुई खेल हुँदै

काठमाडौंः शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आजबाट तेस्रो चरणका खेल हुँदैछन्। आज हुने पहिलो खेलमा थ्री स्टार र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

यी दुई टोली आज दिउँसो १ बजे भिड्नेछन्। थ्री स्टारले हालसम्म दुई खेल खेल्दा एक जित र एक हार व्यहोरेको छ। यता फ्रेन्ड्सले दुई खेल खेल्दा एक हार र एक बराबरी गरेको छ। 

यस्तै आजै सातदोबाटो र एपीएफबीच पनि खेल हुँदैछ। यी दुई टोली अपराह्न ४:४५ बाट भिड्नेछन्। 

हालसम्म दुई खेल खेल्दा सातदोबाटोले एक जित र एक बराबरी गरेको छ। यता एपीएफ भने दुई खेलमा दुई हारसहित अंकतालिकामा पुछारबाट दोश्रोमा छ। 

यस पटक लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

१७ मंसिर, २०७८, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।