सांसदहरूलाई न्याय मार्चको प्रश्न : संसद्को काम सुतिरहने हो ?

सांसदहरूलाई न्याय मार्चको प्रश्न : संसद्को काम सुतिरहने हो ?

न्यायालयमा फैलाएको विचदौलिया राजको विरोधमा नागरिक समाजको अगुवाइमा अधिवक्ता, शिक्षक, कलाकार अनि पत्रकारहरुले बिहीबार न्याय मार्चको आयोजना गरेका थिए।

न्यायलाई किनबेचको विषय बनाउने र बढाउने गरी व्याप्त बिचौलियाराज विरुद्ध राजनीतिक नेतृत्वलाई संवैधानिक दायित्व पूरा गर्न दबाब दिन सर्वोच्च अदालतको ढोकाबाट सुरु भएको मार्च प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो।

मार्चमा सहभागीहरूले न्यायालयमा बढेको विकृतिको अन्त्यको माग गरेका थिए। प्रधानन्यायाधीशविरुद्ध लामो समयदेखि आन्दोलन भइरहे पनि दलहरू मौन बसेको भन्दै प्रश्न सोधियो' संसद्को काम सुतिरहने हो?'

 

९ मंसिर, २०७८, १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।