फागुन १३ मा 'प्रेमगीत ३', जोगाउला बलिउडमा नेपालको साख ?

फागुन १३ मा 'प्रेमगीत ३', जोगाउला बलिउडमा नेपालको साख ?

काठमाडौंः दर्शकले निकै प्रतीक्षा गरेको 'प्रेमगीत ३' फागुन १३ गते प्रर्दशनमा आउने भएको छ। फिल्मका निर्माता सन्तोष सेनले शिवरात्रिको छेको पारेर फिल्म प्रर्दशनमा आउन लागेको जानकारी दिएका हुन्।

महँगो बजेटमा निर्माण भएको फिल्मले प्रदर्शन अगावै लगानी भने उठाइसकेको छ। झण्डै ४ करोड भारुमा प्रेमगीतको प्रदर्शन अधिकार 'इम्पोसिबल फिल्म्स्'ले एमजी (मिनिमम ग्यारेन्टी) मा खरिद गरेको छ। फिल्म भारतका विभिन्न हलहरूमा पनि शिवरात्रिकै दिन प्रर्दशनमा आउनेछ। 

योसँगै अर्को प्रतीक्षित नेपाली फिल्म 'लप्पन छप्पन २' ले पनि प्रर्दशन मिती फागुन १३ लाई नै तोकेको छ। कोभिड नभएको भए फिल्म २०७६ साल फागुन २७ मा प्रर्दशनमा आउने थियो।

यता हिन्दी भाषामा समेत डब भएको फिल्म प्रेमगीत ३ ले बलिउडललाई रिझाउन सक्ला या नसक्ला भन्ने विषयमा पनि छलफल सुरु भएको छ। हिन्दीमा डब भएको र नेपालमा प्रदर्शन हुने मितिमै प्रर्दशनमा आउन लागेको सम्भवतः प्रेमगीत ३ पहिलो नेपाली फिल्म हो।

यो फिल्मका अघिल्ला दुई सिरिजहरू दर्शकले रुचाएका थिए। तेस्रो संस्करणमा फिल्ममा प्रदीप खड्का, सुनिल थापा, शिव श्रेष्ठ, क्रिष्टिना गुरुङ, मनिष राउत लगायतको अभिनय देख्न सकिन्छ। 

फिल्मका एक निर्देशक छेतेन गुरुङ फिल्म प्रदर्शन हुन नपाउँदै बितिसकेका छन्। चलचित्रका अर्का निर्देशक तथा निर्माता सन्तोष सेन रहेका छन्।

९ मंसिर, २०७८, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।