शब्दमाला

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अनुभूति : नेताहरूले जिते, जनता हारे 


काठमाडौँ : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जनता राजनीतिबाट असुरक्षित हुँदै गइरहेको टिप्पणी गरेका छन्।

शान्तलाल मुल्मीको ‘मभित्रको म’ पुस्तक लोकार्पण कार्यक्रममा श्रेष्ठले नेताहरू जितेको अनि जनता हारेको अनुभूति हुन थालेको टिप्पणी गरेका हुन्। पूर्व प्रधानन्यायाधीश श्रेष्ठले ‘नछोडी धर्म नतोडी ब्रह्म, गरेर कर्म नै जीवनको मर्म’ भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए। आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि उनले सुनाए। 

७८ वर्षे मुल्मीको पुस्तकमा उनले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखिएको छ। कार्यक्रममा भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृत्तान्त आफ्नै कथा जस्तो लाग्ने र आफ्नो जीवनसँग पनि मेल खाएको बताए। 

साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरे पनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमानदारितापूर्वक लेखकले पुस्तकमा लेखेको बताए। समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शब्दको माधुर्यता रहेको, शब्दको लय मिलेको र आफ्नो अस्तित्व खोज्न सिकाउने खालको रहेको बताए। 

छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समाजसेवी सम्मान पदक दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

घनेन्द्रको 'जबज'बारे आलोचनात्मक पुस्तक

नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको एमालेको २०४९ को पाँचौँ महाधिवेशनले पारित गरेर जबज अपनाएको थियो। एमालेले मार्गदर्शन  सिद्धान्तको रूपमा स्वीकार गरेको 'जबज'माथि उनले पुस्तकमा....

घनेन्द्रको कविता सङ्ग्रह असमान पहाडहरू बजारमा

नयाँ कविता सङ्ग्रहमा समसामयिक विषयका २१ वटा कविता छन्। कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास,....

झलकमानको प्रभावले जन्मियो ‘कालो केशमा रेलिमाई’

यो गीतका सर्जक हुन्, नेपाल आइडल दोस्रो संस्करणमा प्रि-अडिसनबाटै बाहिरिएका दिनेश ढकाल। उनको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीत दर्शक/स्रोताले मन पराइदिएपछि दिनेशको....

नेपाली भाषासेवी साहित्यकार क्षेत्रीलाई पद्म श्री सम्मान

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार  भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्म श्री सम्मान प्रदान गरेका थिए। नेपाली भाषी क्षेत्री भारतको आसाममा बस्छन्। नेपाली भाषाका....

सरस्वतीसँगै लक्ष्मी पनि दाहिना भएका लेखक : १० वर्षमा ५ किताब, करोड बढी कमाई

यसलाई पत्याउने हो भने साहित्यकार सुविन भट्टराई सरस्वती र लक्ष्मी दुवै दाहिना भएका 'भाग्यमानी' पात्र हुन्। उकेराले भट्टराईलाई लक्ष्मी र सरस्वती दुवै दाहिना भए है तपार्ईंको....