उकेरा फोटो कथा

उदाउँदाे सूर्यलाई अर्घ्य दिएर समापन भयाे छठ (फोटोफिचर)


काठमाडाैंः उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन भएकाे छ। हिजाे साँझ अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेका व्रतालुहरूले आज उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठलाई विदाई गरेका हुन्।

केही वर्षअघिसम्म नेपालकाे तराईमा मात्र मनाइने छठ केही वर्षयता भने काठमाडाैंकै रैथाने चाड जस्तै भएकाे छ। काठमाडाैं कमलपाेखरी, गुह्यश्वरी, बागमती किनार लगायतका विभिन्न स्थानमा व्रतालुहरूले छठ पर्व मनाएका थिए। 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठ पर्वकाे अन्तिम दिन उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

केपी ओलीकाे एक टक : गैँडासँग जुध्यो आँखा

लोगोमा गैँडाले कम्युनिस्ट पाटीको झन्डा बोकेको देखाइएको छ। महाधिवेशन पुग्नेहरूले झन्डा भिराइएको एकसिंगै गैँडासँगै तस्बिर लिइरहेका छन्। ....

नारायणी किनारमा एमालेजनको खुसी (ड्रोन सट)

यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा भाषण सुन्न र ताली....

बाक्लो हुस्सुबीच एमाले महाधिवेशन, ३ किलोमिटर परै रोकिए पश्चिमबाट आएका सवारी

चितवनको नारायणी किनारमा आज बिहानैबाट एमालेका नेता कार्यकर्ताको भीड लागेको छ। महाधिवेशनस्थलमा बाक्लो हुस्सु लागेको छ भने शीत पनि झरेको छ। नदी किनारको कठ्याङ्रिदो चिसोमा....

सांसदहरूलाई न्याय मार्चको प्रश्न : संसद्को काम सुतिरहने हो ?

न्यायालयमा फैलाएको विचदौलिया राजको विरोधमा नागरिक समाजको अगुवाइमा अधिवक्ता, शिक्षक, कलाकार अनि पत्रकारहरुले बिहीबार न्याय मार्चको आयोजना गरेका थिए।

१५ वर्षमा पनि नपुरिएको घाउ

शान्ति सम्झौताका क्रममा संविधान सभाबाट संविधान निर्माण गर्ने र माओवादी लडाकुहरूको व्यवस्थापन गर्ने दुई वटा महत्त्वपूर्ण कार्यभार....