नेपाल र इण्डाेनेसियाबीच आज मैत्रिपूर्ण फुटबल खेल हुँदै

नेपाल र इण्डाेनेसियाबीच आज मैत्रिपूर्ण फुटबल खेल हुँदै

काठमाडाैः नेपाली राष्ट्रिय फुटबलकाे यू-२३ टाेली र इण्डाेनेसियाकाे यू-२३ टाेलीबीच आज मैत्रिपूर्ण खेल हुँदै छ। ताजाकिस्तानमा हुने खेल नेपाली समयअनुसार साँझ ५:४५ बाट सुरु हुनेछ। 

एफसी यू-२३ एसियन कप क्वालिफायर्सकाे तयारीका लागि नेपालले आज मैत्रिपूर्ण खेल खेल्न लागेकाे हाे। नेपाली टाेली बालगाेपाल महर्जनकाे प्रशिक्षणमा मैदानमा उत्रने छ। 

प्रतियाेगिताअन्तर्गत भने नेपालले साेमबार इरानसँग पहिलाे खेल खेल्नेछ। त्यसपछि बिहीबार ताजाकिस्तानविरुद्ध दाेश्राे खेल खेल्नेछ भने आइतबार लेबननसँग अन्तिम खेल खेल्नेछ। 

५ कात्तिक, २०७८, ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।