दोस्रो हाफ सुरु भए लगत्तै भारतले हान्यो २ गोल

दोस्रो हाफ सुरु भए लगत्तै भारतले हान्यो २ गोल

काठमाडौँ : नेपाल र भारतबिच भइरहेको साफ च्याम्पियनसिप फाइनल खेलको दोस्रो हाफ टाइमको खेल सुरु भए लगत्तै भारतले २ गोल हानेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

मालदिभ्सको मालेमा रहेको राष्ट्रिय फुटबल रंगशालमा भइरहेको प्रतियोगिताको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। पहिलो हाफमा भारतले खेलमा दबदबा कायम गरेको थियो। दोस्रो हाफको खेल लगत्तै सुनिल क्षेत्रीले भारतको खाता खोलेका थिए।

नेपाली टोलीले पोस्ट चार्ज गर्न सकेका छैनन्।

निरन्तरता पानी परेकाले दुवै टिमका खेलाडीलाई असहज भएको देखिन्थ्यो। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो। भारतले ७ पटक जितिसकेको छ।

३० असोज, २०७८, २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।