काठमाडौँको दसैँ : घर-घरमा रौनक, सुनसान सडक

काठमाडौँको दसैँ : घर-घरमा रौनक, सुनसान सडक

काठमाडौँ : दसैँको अष्टमीको दिन दसैँ मनाउन नौ लाख बढी काठमाडौँबाट बाहिरिए। यसले काठमाडौँको सडकको चाप घटायो नै। अष्टमीमा आफन्त बोलाएर घरमा रमाइलो गर्ने संस्कार रहेकाले काठमाडौँमा बसेकाहरू पनि घर बाहिर कमै निस्किए।

यसले काठमाडौँका सडकहरू सुनसान देखिएका छन्। सवारीसाधनको चाप न्यून छ। जो हिँडिरहेका छन् उनीहरू पनि अधिकाधिक आफन्तमा अष्टमी मनाउनेहरू हुन्।

मङ्गलवार फूलपातीको दिन सम्म ९ लाख भन्दा धेरैले उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ। नवमीको दिनसम्म उपत्यका छाड्ने क्रम जारी नै रहन्छ।

सरकारले घटस्थापना अर्थात् असोज २१ देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको थियो। यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएका थिए।

२७ असोज, २०७८, १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।