चार जनाको ज्यान गएपछि मौन छ मोतीपुर 

चार जनाको ज्यान गएपछि मौन छ मोतीपुर 

बुटवल : आइतबार रणसङ्ग्राम बनेको बुटवल १७ स्थित रानिगञ्ज सोमबार सुनसान भयो। आइतबार दिनभर प्रस्तावित औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका र सुरक्षाकर्मीबिचको भिडन्तमा चार जनाको ज्यान गएको थियो।

४० भन्दा बढी सुरक्षाकर्मी घाइते भएको घटनाका गम्भीर चार घाइतेलाई सोमबार उपचारका लागि काठमाडौँ ल्याइयो। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा पाइने भन्दै विभिन्न जिल्लाबाट जग्गा कब्जा गर्न आएका समूह र प्रहरी बिच झडप भएपछि सोमबार सो क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको थियो।

केन्द्रमा गृहमन्त्री बालकृष्ण खाँणसहित सुरक्षा निकायका प्रमुखबिच भएको बैठकले सुकुम्वासीको नाममा भुमाफियाहरुले जग्गा कब्जाको प्रयास गरेको भन्दै सो क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाउने र सरकारी जग्गा कब्जा गर्न नदिने निर्णय गरेका थिए।

जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबिच झडप भएको सो क्षेत्रमा कर्फ्यु जारी छ। जताततै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। स्थानीयहरू बाहिर निस्किएका छैनन्।

२५ असोज, २०७८, १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।