देउवाले गरे हमालको राजीनामा स्वीकृत

देउवाले गरे हमालको राजीनामा स्वीकृत

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन्। तीन दिनअघि मन्त्रीमा नियुक्त भएका हमालले आज बिहान राजीनामा दिने घाेषणा गरेका थिए।

प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीका अनुसार प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेकाे र साेही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेका हुन्।

हमालले राजीनामा पत्रमा आफू लामाे समयदेखि कांग्रेसकाे राजनीतिमा जाेडिएकाे र बाँके जिल्ला सभापति समेत भएकाे उल्लेख गरेका छन्। उनले प्रधानन्यायाधीशसँग जाेडिएर आएकाे समाचारले वर्षाैँदेखि आफूले लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको पत्रमा उल्लेख गरेका छन्।

२४ असोज, २०७८, १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।