बुटवलको मेयर कुट्ने युवकलाई प्रहरीले समात्यो

बुटवलको मेयर कुट्ने युवकलाई प्रहरीले समात्यो

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका पङ्गेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

पङ्गेनी पहिरो प्रभावित ज्योतिनगरवासी हुन्। लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन। उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए।

यो पनि

४ असोज, २०७८, २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।