बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता

बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता

बुटवल : पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ। 

ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

पक्राउ गर्ने गरी घटना नभएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको छैन। अहिले पहिरो क्षेत्रमा युवा सङ्घ, अनेरास्ववियूका नेताहरू पुगेका छन्। 
एमालेबाट निर्वाचित मेयर सुवेदीलाई आफ्नै पार्टी एमालेकै कार्यकर्ताले मुक्का हानेका हुन्।

४ असोज, २०७८, १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।