ललितपुर महानगरका विद्यालय असोज १ गतेदेखि खुल्ने 

ललितपुर महानगरका विद्यालय असोज १ गतेदेखि खुल्ने 

काठमाडौँ  : ललितपुर महानगरमा असोज १ गतेदेखि निजी तथा सामुदायिक विद्यालयमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ। 

महानगरपालिकाले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी भौतिक उपस्थितिमा पठन पाठन गराउन विद्यालयहरूलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। 

विद्यालयमा मास्क, साबुन, पानी, स्यानिटाइजर अनिवार्य गरिएको छ। स्वास्थ्य सम्बन्धी मापदण्ड पालना भए नभएको अनुगमन गरिने महानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ।

३० भदौ, २०७८, १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।