अक्षय कुमारले ब्ल्याक टिकटमा हेरेको अमिताभको यो फिल्म

अक्षय कुमारले ब्ल्याक टिकटमा हेरेको अमिताभको यो फिल्म

हालै यो फिल्मको ट्रेलर लन्च गरिएको छ। भारतको नयाँदिल्लीमा आयोजित ट्रेलर लन्च कार्यक्रममा अभिनेता अक्षयले आफ्ना बाल्यकालका सम्झना पनि सेयर गरेका छन्। आफूले सानैमा अमिताभ बच्चनको फिल्म 'अमर अकबर एन्थोनी' ब्ल्याकमा टिकट किनेर हेरेको स्मरण गराए।

'दिल्लीका फिल्म हलमा मेरा बाल्यकालका कैयौं सम्झना जोडिएका छन्। मैले यहाँ थुप्रै फिल्म हेरें। तीमध्ये अमिताभको 'अमर अकबर एन्थोनी' हेर्नका लागि ब्ल्याकमा टिकट लिनु परेको थियो,' उनले भने।

'म यो फिल्म हेर्न जाँदा मुसलधारे वर्षा भइरहेको थियो। तर मलाई कुनै हालतमा फिल्म हेर्नु थियो, 'अक्षयले भने, 'फिल्मप्रति आशक्ति भएका कारण ब्ल्याकमै टिकट काटेर भए पनि हेरें।'

२० साउन, २०७८, १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।