अर्कैको एनएमसी नम्बर प्रयोग गरेर डाक्टर बनेका विजयश्यामलाई सिआइबीले समात्यो

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर डाक्टर बनेका विजयश्यामलाई सिआइबीले समात्यो

ललितपुर महानगरपालिका-२ घर भएका रञ्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिएर काम गरेको सिआइवीले दाबी गरेको छ। सिआइबीले उनी विरुद्ध अनुसन्धान सकाइसकेको थियो। सोही आधारमा मुद्दा दर्ता भइसकेको छ। उनी फरार थिए।

उनले अर्कैको नामको दर्ता नम्बर राखी काम गरेको भन्दै उनी विरुद्ध मुद्दा दर्ता भएपछि भागेर जर्मनी पुगेका उनी नेपाल फर्किएको सूचनापछि खोजीमा खटिएको प्रहरीले पक्राउ गरेको हो।

सिआइवीले २०७१ सालदेखि रञ्जितमाथि अनुसन्धान सुरु गरेको थियो। २०७१ मा सिआइबीले ‘अपरेसन क्वाँक’ नाम दिएर नक्कली चिकित्सकबारे अनुसन्धान सुरु गर्दा उनीबारे विवरण पाएको थियो।

उनी त्यो बेला ग्राण्डी अस्पतालमा काम गर्थे। अनुसन्धानको क्रममा रजिन्तले डा लक्ष्मी केसीको नाममा काउन्सिलमा दर्ता भएको १०८५५ नम्बर प्रयोग गर्ने गरेको खुलेपछि अनुसन्धान अगाडि बढेको थियो। उनले अर्काको एनएमसी नम्बर प्रयोग गरेर परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, मानसिक अस्पताल ललितपुर, गणेशमान सिंह मेमोरियल अस्पताल र ह्याम्स लगायतका अस्पतालमा समेत काम गरेको सिआइवीको अनुसन्धानमा खुलेको छ।

१० साउन, २०७८, २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।