‘थोत्रो थिति फालौं, आउनुस् नयाँ थालौं’

‘थोत्रो थिति फालौं, आउनुस् नयाँ थालौं’

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर रोकियो। त्यस क्रममा दमाहा बजाइयो, गीत गाइयो। 

प्रदर्शनकारीले ‘महिला हिंसाविरुद्ध लडिरहेका हामी अब जाततन्त्रविरुद्ध पनि लडौं’, ‘जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ’ लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए। 

प्रदर्शन बानेश्वर पुगेपछि ‘मानव शोषण’मा आधारित सडक नाटक प्रस्तुत गरिएको थियो। 

त्यसपछि आयोजित कोणसभामा अनिता माझी, राजु स्याङ्तान, विनोदविक्रम केसी र निभा शाहले कविता सुनाएका थिए। उनका कवितामा उत्पीडित मानिसका आवाज समेटिएका थिए। 

‘प्रतिरोध : जनअधिकार आन्दोलन’ नाम दिइएको उक्त आन्दोलनको ब्यानरमा ‘थोत्रो थिति फालौं ! आउनुस् नयाँ थालौं’ लेखिएको नारा लेखिएको थियो। 

 

७ साउन, २०७८, १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।