नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत
फाइल तस्बिर।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले आज (बुधबार) सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल टी–ट्वान्टीमा १३ औं स्थानमा छ। यसअघि पनि नेपाल टी–ट्वान्टी वरीयतामा १३ औं स्थानमा रहेको थियो। 

टी–ट्वान्टीको नयाँ वरियता अनुसार इंग्ल्यान्ड शीर्ष स्थानमा छ। वरीयता अनुसार भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, पाकिस्तान चौंथो र अस्ट्रेलिया पाँचौं स्थानमा छन्। 

एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा छ। यसअघि पनि नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा थियो।

एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ। यस्तै, अस्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्।  

३० असार, २०७८, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।