ओलीले सरकारी निवास छाड्दा बालुवाटारदेखि बालकोटसम्म रमिता  

ओलीले सरकारी निवास छाड्दा बालुवाटारदेखि बालकोटसम्म रमिता  
तस्बिर : कृपा श्रेष्ठ

उनले निवास छाड्दा सुरक्षाकर्मीले हैन मङ्गलवार ब्युँतिएको यूथ फोर्सको समूहले रमिता देखाउँदै स्कर्टिङ गरेका थिए।

प्रधानमन्त्री नियुक्त भएपछि बालकोटमा रहेको निजी निवास छाडेर बालुवाटारमा रहेको सरकारी निवास आएका ओलीले तीन वर्ष ५ महिना बिताए त्यहाँ। पार्टी र सरकार दुवै बालुवाटारमै बसेर चलाएका उनले सोमबार सरकारी निवास छाड्दा बालुवाटारदेखि बालकोटसम्म एमाले निकट युवाको समूहले स्कटिङ गरेका थिए।

झमझम परेको पानीमा रुझ्दै एमाले युवा सङ्घका युवाहरूले केपी बा जिन्दाबाद भन्दै उनलाई बालुवाटारदेखि बालकोटसम्मै पूर्याए। बालकोटको घरको बरन्डामा निस्केर हात हल्लाएपछि उनीहरू बिदा भएका थिए। 

बालकोटको बरन्डामा निस्किएर उनले छिमेकीहरूसँग कुरा गरेका थिए।

३० असार, २०७८, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।