इटालीलाई १६ औँ संस्करणको युरो कप फुटबलको उपाधि 

इटालीलाई १६ औँ संस्करणको युरो कप फुटबलको उपाधि 

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा इटाली विजयी भयो। 

खेलको दोस्रो मिनेटमा लुक सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएपनि जितका लागि पर्याप्त भएन। खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचिले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए। 

निर्धारित समयको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो। इटाली सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमै हराएर फाइनलमा पुगेको हो। 

इंग्ल्यान्ड भने डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर फाइनल पुगेको थियो।

२८ असार, २०७८, ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।