भक्तपुरमा निस्किइन् नवदुर्गा, ख्याल गर्नु है कोरोना लाग्ला !

भक्तपुरमा निस्किइन् नवदुर्गा, ख्याल गर्नु है कोरोना लाग्ला !

काठमाडौं : भक्तपुरमा वडा नम्बर ९ मा बिहीबार नवदुर्गाको जात्रा निस्कियो। यो जात्रा दसैंको दशमीबाट सुरु भएर नौ महिनासम्म चल्छ। आज जात्राको समापनको दिन हो।

बढ्दो कोरोना संक्रमणका कारण जात्रा निस्कने, ननिस्कने अन्योल थियो। तर, स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो बनाएपछि नवदुर्गा जात्रा निस्कियो। जात्रामा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भएको थिएन।

कोरोना संक्रमितको संख्या घटेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाए पनि डेल्टा भेरियन्ट बढेर तेस्रो लहर सुरु हुने जोखिम उस्तै छ। 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णयको स्वास्थ्य विज्ञले भने आलोचना गरिरहेका छन्।

१७ असार, २०७८, २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।