विक्कीको प्रेममा कटरिना !

विक्कीको प्रेममा कटरिना !

एजेन्सी : अभिनेता विक्की कौशल र अभिनेत्री कटरिना कैफविचको सम्बन्धबारे बलिउड नगरीमा अनेक अड्कलबाजीका विच हर्ष वर्धन कपुरले यी दुवैको सम्बन्धबारे खुलेर कुराकानी गरेका छन्।

कैफ र कौशल अहिले प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ। तर दुवैले आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका छैनन्। एक टेलिभिजन कार्यक्रममा सहभागी कपुरलाई सेलिब्रिटीको सम्बन्धबारे बजारमा चल्ने हल्लामा कुनै सत्यता पनि हुन्छ के केवल चर्चाका लागि चलाइने हल्ला हो भनेर सोधिएको थियो। त्यसको उत्तरमा 'विक्की-कैफ' एक साथ रहेको खुलाउँदै उनले भने' यही कारण म समस्यामा पर्छु कि पर्दिन थाहा छैन तर यी दुवै एक साथ छन्।'

कटरिनाले हालै अलीबाग घुम्न जाँदा सार्वजनिक गरेको एक तस्बिरको सिसामा विक्की देखिएका थिए। तस्बिरमा विक्की देखिएपछि यी दुवै सँगै घुम्न गएको भन्दै दुवैको सम्बन्धबारे अड्कलबाजी सुरु भएको थियो। पछि उनले सो तस्बिर हटाइन्। उनले तस्बिर सार्वजनिक गर्नु अगाडी नै सो तस्बिर भने भाइरस भइसकेको थियो। 

२६ जेठ, २०७८, १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।