‘दोर्जे डन ब्याक अगेन’ वैशाख ४ गते प्रदर्शन हुँदै

‘दोर्जे डन ब्याक अगेन’ वैशाख ४ गते प्रदर्शन हुँदै

बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो। नायक कुमार मोक्तानले सबै जनालाई प्रदर्शनमा आउन आग्रह गरेका छन्।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण भगवती मोक्तानले र निर्देशन नायिका सीता लामाले गरेकी छिन्। प्रकाश मोक्तानको कथा लेखनमा चलचित्र तयार भएको हो।

चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, विकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा, गोर्खा घिसिङ, अरुण लामा लगायत थुप्रै कलाकारहरूको अभिनय रहेको निर्माण पक्षले जनाएको छ। 

३१ चैत, २०७७, ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।