विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक अघि बढ्दै

विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक अघि बढ्दै

काठमाडौं : विहीबार प्रतिनिधि सभाको बैठकमा विवादास्पद सूचना प्रविधि सम्बन्धि विधेयक पेश हुने भएको छ। सामाजिक सन्जालमा लेखेकै आधारमा १५ वर्षसम्म कैदको प्रावधान रहेकाले विधेयकको विरोध हुँदै आएको छ।

विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान भएकाले सरोकारवाला र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको थियो।
प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीमा सो विधेयक पेश गर्ने उल्लेख छ।

सरकारले पेश गर्ने विधेयक संशोधन नभई पास भएमा सामाजिक सन्जालमा लेखेकै आधारमा,  अनलाइनमा समाचार लेखेकै आधारमा, समाचार सेयर गरेको आधारमा समेत जेल जानुपर्ने जोखिम आउने छ।

संसदको विकास तथा प्रविधि समितिमा कांग्रेसका सांसदहरूले विरोध गरे पनि माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता विधेयक पारित गरेका थिए।
 

२६ चैत, २०७७, १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।