चैत २७ मा सर्यो ‘गुड फ्रेन्ड’

चैत २७ मा सर्यो ‘गुड फ्रेन्ड’

काठमाडौं : यही चैत २० गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘गुड फ्रेन्ड’ एक साता पछि सरेको छ। 

निर्माण पक्षले यही चैत २७ गते फिल्म प्रदर्शन हुने बताएको हो। 

निर्देशक राजबहादुर सानेले नयाँ वर्षको अवसर पारेर फिल्म प्रदर्शन गर्न लागिएको जानकारी दिए। ‘नयाँ वर्षलाई लक्षित गरी चैत २७ मा प्रदर्शन गर्ने तयारी थालेका छौं,’ उनले भने, ‘नयाँ वर्षमा दर्शक फिल्म हेर्न आउने अपेक्षा छ।’
 
उनले फिल्ममा साथी–साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथा समेटिPको जानकारी दिए। फिल्म तीन वर्षअघि नै सम्पन्न भए पनि उचित समय नपाउँदा प्रदर्शन गर्न नसकिएको निर्देशक सानेले बताए। 

बिजी बर्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक विक्रम शाही, एलबी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटाको मुख्य भूमिका छ। 

१९ चैत, २०७७, १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।