काठमाडौं : शंखरापुर नगरपालिका, नांलेभारेमा फागु खेल्ने क्रममा झुक्किएर एसिड दलिदिने र पसल बाहिरै एसिड राख्ने सरस्वती दुग्ध उत्पादनका सञ्चालक केशव नेपाल पक्राउ परेका छन्।
उकेरा अपडेट
डेरी सञ्चालक र एसिड दल्ने दुई युवक पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका अनुसार उनीहरुलाई सोमबारै पक्राउ गरिएको हो। ‘परिवारले एसिड दलिदिएको भनेर दुईजना विरुद्ध र एसिड लाई लापरबाही तरीकाले राखिएको भनेर डेरी सञ्चालक विरुद्ध किटानी जाहेरी दिनुभएको थियो,’ कार्कीले भने, ‘हामीले तीनै जनालाई पक्राउ गरिसकेका छौं।’
हिरासतमा रहेका उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फागु पूर्णिमाको दिन ४/५ जना साथी मिलेर फागु खेल्ने क्रममा एसिड दल्दा शंखरापुर नगरपालिकाका, नांलेभारेका तीन जना घाइते भएका थिए। तीन जनामध्ये दुई जनाको जोरपाटीस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
२०७७ चैत १८ गते १५:५६ मा प्रकाशित