‘तामा पित्तल’ बोलको गीत सार्वजनिक

‘तामा पित्तल’ बोलको गीत सार्वजनिक

काठमाडौँ : सम्राट चौलागाईले आफ्नै शब्द, सङ्गीत र स्वमा ‘तामा पित्तल’ बोलको गीत सार्वजनिक गरेका छन्। उनले ‘सम्झिनी पानी छम्किनी’ गीतको चर्चाभएसँगै ‘तामा पितल’ बोलको गीत सार्वजनिक गरेका हुन्। 

सम्राटलाई गायनमा समीक्षा अधिकारीले सघाएकी छन्। यस गीतको भिडियोमा पल शाह, दुर्गेश थापाका साथमा गरिमा शर्मा र गुरास ढकालले अभिनय गरेका छन्। भिडियोमा बालकलाकार आयुशी ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ। 

अर्जुन तिवारीले खिचेको भिडियोलाई मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन्।

१३ चैत, २०७७, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।