नेपाली म्युजिक भिडियोमा अस्ट्रेलियन मोडेलको अभिनय 

नेपाली म्युजिक भिडियोमा अस्ट्रेलियन मोडेलको अभिनय 

काठमाडौँ : अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी छन् । 

उनले निर्देशक अनिल गिरीले बनाएको ‘सुस्तरी’ बोलको म्युजिक  भिडियोमा अभिनय गरेकी हुन् । निर्देशक गिरी अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरिरहेका छन्।

उक्त गीतमा नेपाल आइडल पहिलो सिरिजमा टप ५ मा परेकी सुजाता पाण्डेको शब्द सङ्गीत र स्वर रहेको छ। 

‘सुस्तरी’को भिडियो अस्ट्रेलियाको समुद्री किनारा तथा विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । निर्देशक गिरीले  अस्ट्रेलियाको मेलबर्नमा बसेर अङ्ग्रेजी सर्ट मुभी निर्माण गर्दै आएका छन् । भिडियोलाई  एजी फिल्म अस्ट्रेलिया (एजी फिल्मस् अस्ट्रेलिया)च्यानलबाट सार्वजनिक गरेको हो।

६ चैत, २०७७, १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।