विप्लवसँग रातारात सहमति भएको हैन : प्रधानमन्त्री ओली

विप्लवसँग रातारात सहमति भएको हैन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लवसँग रातारात सहमति नभएको दाबी गरेका छन्। विप्लव नेतृत्वको नेकपा र सरकारबिच सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले वर्षौँदेखि भएको वार्ताको परिणाम सहमति भएको बताए।

‘कतिले यसलाई रातारात सहमति भनेर लेखेको पनि देखे, तर यो रातारात भएको सहमति हैन,’प्रधानमन्त्री ओलीले भने‘ वार्ता धेरै अगाडिदेखि चलिरहेको थियो। यत्ति हो हामीले नगरा बजाएर वार्ता गरेनौ।’

उनले धेरै अगाडिबाट विप्लव समूहसँग वार्ता गरिएको र त्यसैको प्रतिफल स्वरूप उनीहरू हिंसात्मक राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउन सहमत भएको उनले बताए।

विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति पूर्ण रहेको बताउँदै उनले भने‘ कुनै समस्या आए छलफल र वार्ताबाट टुङ्ग्याउने छौँ। उहाँहरूले शान्तिपूर्ण रूपमा आफ्ना विचारहरू र सङ्गठन विस्तार गर्नुहुनेछ। सरकारले प्रक्रिया पुरा गरेर हिरासत र जेलमा रहेका उहाँहरूको नेता कार्यकर्ता छाड्नेछ।’

२१ फागुन, २०७७, १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।