सरकार र विप्लवबिच सहमतिमा हस्ताक्षर

सरकार र विप्लवबिच सहमतिमा हस्ताक्षर
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : सरकार र विप्लव नेकपाको वार्ता टोलीका प्रमुखले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राष्ट्रिय सभा गृहमा भएको औपचारिक कार्यक्रममा हस्ताक्षर गरेका हुन्। 

हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दश ११ महिनादेखि विप्लव नेकपासँग प्रत्यक्ष अप्रत्यक्ष भइरहेको संवाद सफल भएको बताए। सहमतिमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार भट्टराईले साउन भदौ महिनामा अलि धेरै संवाद भएको बताए। 

उनले राजनीतिक परिस्थितिका कारण त्यो समयमा संवादले निरन्तरता पाउन नसकेको उल्लेख गरे। ‘साउन भदौपछि मङ्सिर, पुस र माघ महिनामा लगातार संवाद भएर तीन बुँदे सहमतिमा पुगेको हौ’ उनले भने।  

विप्लव नेकपाको वार्ता टोलीका सदस्य दीपकले इतिहासको रचना गर्ने काम व्यक्तिको क्रियाशील भूमिकाले निर्वाह गर्ने बताए। उनले अपेक्षालाई सम्बोधन गर्ने गरी सहमति भएको बताए।  

२१ फागुन, २०७७, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।