जसपाले संविधान संशोधनका लागि सङ्घर्ष जारी राख्ने 

जसपाले संविधान संशोधनका लागि सङ्घर्ष जारी राख्ने 

काठमाडौँ : नेकपा दाहाल नेपाल समूहले नयाँ सरकार गठनका विषयमा संसद्को तेस्रो ठुलो दल जनता समाजवादी पार्टी नेपालका नेताहरूसँग छलफल गरेको छ।

सर्वोच्च अदालतको फैसलापछि उत्साहित बनेको उसले हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको थियो। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग केपी ओलीको प्रतिगमनविरुद्ध सँगसँगै आन्दोलन गरिएको भन्दै अव कसरी अगाडी बढ्ने भनेर कुरा राखेका जसपा नेता राजेन्द्र महतोले जानकारी दिए।

केपी ओलीको प्रतिगमन सच्चिएपनि संविधान निर्माण गर्दा भएको प्रतिगमन सच्चिएको छैन भनेर आफूहरूले कुरा राखेको महतोले बताए। ‘विगतमा पनि संविधान संशोधन गरेर माग सम्बोधन गर्ने आश्वासन दिए, उनले उकेरासँग भने, आज पनि उनीहरू झुटो आश्वासन दिइरहेका छन्।’ 

उनले संविधान संशोधनका लागि जसपाले सङ्घर्ष जारी राख्ने बताए। ‘हिजो पनि सङ्घर्षमै थियौ, भोलि पनि हुन्छौ’ उनले भने। उनले नेकपा अध्यक्ष दाहाल र नेपालसँग सरकार गठनको विषयमा कुराकानी नभएको दाबी गरे। 

१३ फागुन, २०७७, १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।