दाहाल–नेपाललाई प्रधानमन्त्रीको कटाक्ष : मेरा केही भाइहरूले लड्डु ख्वाई ख्वाइ गरे, लड्डु खाएर के हुन्छ ?

दाहाल–नेपाललाई प्रधानमन्त्रीको कटाक्ष : मेरा केही भाइहरूले लड्डु ख्वाई ख्वाइ गरे, लड्डु खाएर के हुन्छ ?

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वकै सरकार रहिरहने दाबी गरेका छन्। काठमाडौँमा एक कार्यक्रममा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतबाट आएको फैसलाले सरकारलाई फरक नपर्ने दावी गर्दै भने‘अहिले यो सरकार छ रहिरन्छ। तर्साउनु काम राम्रो हुँदैन। म अहिले धेरै कुरा अहिले भन्न चाहन्न।’

सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाले आफूलाई केही फरक नपर्ने उनको दाबी छ। 

नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले अदालतको फैसलाप्रति खुसी मनाएकोमा उनले व्यङ्ग्य गर्दै भने‘मेरा केही भाइहरूले लड्डु ख्वाइ ख्याइ गरे। लड्डु खुवाएर के हुने हो ?’

सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई बदर गरेपछि चितवनमा रहेका दाहाल र नेपालले लड्डु खाएर खुसी मनाएका थिए। 

उनले दाहाल र नेपाल समूहले आफ्नो राजीनामा माग्नु उचित नहुने दाबी गर्दै भने‘ मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की। त्यता पट्टि चिन्ता गर्नु पर्दैन। जिन्दगीको कुनै ठेगान छैन। जबसम्म जुन जिम्मेवारी लिएको छ गर्ने हो।’

१२ फागुन, २०७७, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।