गाँजा जलाउने प्रहरी टोलीमाथि स्थानीयको आक्रमण,दुई राउण्ड हवाई फायर

गाँजा जलाउने प्रहरी टोलीमाथि स्थानीयको आक्रमण,दुई राउण्ड हवाई फायर

मकवानपुर : प्रहरीले गाँजा नियन्त्रणमा लिएर जलाएको रिसमा स्थानीयले प्रहरी टोलीमाथि आक्रमण गरेका छन्। मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्विन्टल गाँजा प्रहरीले जलाई नष्ट गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले उक्त गाँजा जलाएर फर्कने क्रममा कुपिनटारस्थित सडकमा  सय भन्दा बढि स्थानीयले अवरोध गर्दै प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। स्थानीकाे आक्रमण परेर २ जना प्रहरी घाइते भएका छन्।

प्रहरीले दुई राउण्ड हवाई फायर गरेर कान्छालाल रुम्वालाई नियन्त्रणमा लिएको थियो। 

९ फागुन, २०७७, १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।