आइपिएल अक्सन  : सर्वाधिक महँगा पाँच खेलाडी 

आइपिएल अक्सन  : सर्वाधिक महँगा पाँच खेलाडी 

भारतीय टेलिभिजन च्यानल आजतकको स्पोटर्स च्यानल ‘स्पोटर्स तक’मा उनले साे अनुमान गरेका थिए। तर, अक्सनमा दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिसले बाजी मारे। भारतको चेन्नईमा आज (बिहीबार) सम्पन्न अक्सनमा उनीमाथि राजस्थान रोयल्सले १६.२५ करोड भारू खर्चियो। 

उनी आइपिएल इतिहासकै सर्वाधिक महँगा खेलाडीसमेत बने। यसअघि यो कीर्तिमान भारतका अलराउन्डर युवराज सिंहको नाममा थियो। उनलाई सन् २०१५ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारूमा खरिद गरेको थियो। 

मोरिसपछि अक्सनमा सबैभन्दा बढी रकम पाउने खेलाडी हुन्, न्युजिल्यान्डका अलराउन्डर केल जेमिन्सन। रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीमा अनुबन्ध भएका उनी आइपिएल खेलेर १५ करोड भारू पाउनेछन्। 

अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल अक्सनमा तेस्रो सर्वाधिक महँगा खेलाडी बनेका छन्। उनलाई पनि बैंग्लोरको टोलीले अनुबन्ध गरेको हो। गत सिजन तत्कालीन किंग्स इलेभन पञ्जाबबाट खेलेका उनलाई यस वर्ष बैंग्लोरले १४.२५ करोड भारू खर्चिएको छ। 

अक्सनमा सर्वाधिक बढी मूल्य पाउने खेलाडीको चौथो स्थानमा छन्, जे रिचार्डसन। उनलाई दिल्ली क्यापिटल्सले १४ करोड भारू खर्चेर आफ्नो टोलीमा पारेको छ। 

अक्सनमा सर्वाधिक मूल्य पाउने पाँच खेलाडीमा अलराउण्डर कृष्णाप्पा गोथाम पनि छन्। उनलाई चेन्नई सुपर किंग्सले ९.२५ करोड भारूमा अनुबन्ध गरेको छ। 

झण्डै दुई महिनापछि सुरु हुने आइपिएलको आगामी संस्करणमा यी खेलाडीले टोलीको अपेक्षा अनुसारको प्रदर्शन गर्लान् कि नगर्लान् ? त्यो भने हेर्न बाँकी छ। 

६ फागुन, २०७७, २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।