आइपिएलमा बिकेनन् सन्दीप 

आइपिएलमा बिकेनन् सन्दीप 

भारतको चेन्नईमा आज (बिहीबार) भएको १४ औं संस्करणको आइपिएल अक्सनमा उनी कुनै टोलीमा अनुबन्ध हुन सकेनन्। अक्सनमा उनको न्यूनतम मूल्य ४० लाख भारू थियो।  

सन् २०१८ मा तत्कालीन दिल्ली डेयरडेभिल्सबाट (अहिलेको दिल्ली क्यापिटल्स) आइपिएल डेब्यु गरेका सन्दीप पछिल्ला तीन सिजन त्यही टोलीमा थिए। तर, दिल्लीले उनलाई नयाँ सिजनका लागि रिलिज गरेको थियो। 

अघिल्लो सिजनमा उनी प्लेइन ११ मा पर्न सकेका थिएनन्। त्यसअघिका दुई संस्करणमा ९ खेल खेलेका उनले आइपिएलमा कूल १३ विकेट लिएका छन्। 

६ फागुन, २०७७, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।