भागरथी घटनामा आरोपीसम्म कसरी पुग्यो प्रहरी ? डिआइजी सुवेदीले सार्वजनिक गरेको विवरण

भागरथी घटनामा आरोपीसम्म कसरी पुग्यो प्रहरी ? डिआइजी सुवेदीले सार्वजनिक गरेको विवरण

काठमाडौँ : अहिलेको चर्चित घटना भागरथी भट्टको बलात्कार र हत्या अनुसन्धानको बारेमा संक्षिप्त प्रगति विवरण सार्वजनिक गर्न उपस्थित भएको छु। हामी भोलि क्रमशः अनुसन्धानको प्रगति विवरण अनुसन्धानलाई बाधा नपर्ने गरी सार्वजनिक गर्दै जाने छौँ।

२१ गते बिहान वर्ष १८ की भागीरथी भट्ट विद्यालय गएकी र विद्यालयबाट घर फर्किएको देखिएको तर घर नपुगी हराएको अवस्था। खोजतलास गर्दै जाँदा भोलिपल्ट सोही विद्यालयबाट घर जाने बाटोमा पर्ने लडालेक भनिने लवलेक जङ्गल सडकभन्दा अन्दाजी ३० मिटर तल मृत फेला परेको ।

घटनास्थलको मुचुल्का अनुसार उनको टाउकोमा चोट रहेको,घाँटीमा दबाएजस्तो दाग रहेको, खुट्टाको औलामा घाउ रहेको र याेनीबाट रगतजस्तो पदार्थ बगेको अवस्थामा सब फेला परेको । अनुसन्धानमा अभियुक्तले अन्तिम कक्षा नपढी १ः ४५ बजे नै विद्यालयबाट घर जानेक्रममा साथीहरूलाई बजारमा छाडेर आफू एक्लै चडेपानीतर्फ गएको देखिएको छ।

भागरथी केसमा पक्राउ परेका आरोपी किशोरले बलात्कार स्वीकार गरेनन्

भागिरथी भट्ट एक्लै सडकै सडक हिँडेर आइरहेको बेला आरोपी उनलाई मार्ने उद्देश्यले घटनास्थलमा कुरेर बसेको देखियो। उनले भट्टलाई सडकभन्दा तल धकेलेर उनलाई बलजफती नियन्त्रणमा लिएर पाइन्ट घुँडा मुनीसम्म तानेर करणी गर्न लाग्दा त्यत्तिकै छाडेको बयान दिएका छन्। उनले सो पश्चात्। भट्टको मोबाइलको ब्याट्री झिकेर फालेर घर गएको देखिन्छ। सो विषयमा मृतकको दाइबाट कर्तब्यज्यान र बलात्कार कसुरमा जाहेरी आएको। सोही आधारमा अनुसन्धान अगाडि बढेको छ।

विगतमा विभिन्न समयमा कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्याको घटनापछि अनुसन्धान नभइरहेको अवस्थामा सर्वसाधारण र मिडियाबाट विभिन्न राजनीतिक दल र परिवारबाट जुन आशङ्का व्यक्त गरिएको थियो। त्यसले तार्किक निष्कर्षमा पूर्याउन सबैलाई घटनाको अनुसन्धान चाँडोभन्दा चाँडो पुरा हुनुपर्छ भन्ने दबाबका साथ स्थानीय प्रहरी चौकीमा बसेर घटनाको अनुसन्धान गरेका थियौँ। 

योबारे अनुसन्धान जारी नै छ। अहिले प्रारम्भिक अनुसन्धानमा खुलेको मात्रै सार्वजनिक गरेका हौँ। 

भागरथी घटनामा प्रहरीले खुलाएकाे आरोपी पक्राउका तीन आधार

आरोपितको गतिविधि, देखिजान्ने साथीहरू, पीडितका परिवारको कुराका आधारमा निज व्यक्ति यो अपराधमा संलग्न रहेको आधारमा यो अनुसन्धान प्रहरीले अगाडि बढाउने छ।

अब टेक्निकल अनुसन्धान लगायतका प्रमाणका आधारमा अनुसन्धान अगाडि बढ्ने छ। भेजाइनल स्वाबको रिर्पोट अहिलेसम्म आएको छैन।

घटनास्थलको प्रकृति र उसले गर्न सक्ने गतिविधिका आधारमा यो घटना उसले गरेको हैन भन्न सक्ने अवस्था छैन। अहिलेसम्मको अनुसन्धानमा घटनामा एक जना मात्रै संलग्न देखिएका छन्। 
अहिले प्रहरीको अनुसन्धान अधिकृतको हैसियतमा उनी घटनामा संलग्न हुन् भन्ने देखिन्छ।

भागरथी बलात्कार–हत्या प्रकरणका आरोपित किशाेर सार्वजनिक 

घटनास्थलमा कुकुर समेत प्रयोग गरिएको थियो। तर पानी परेकाले प्रहरीले राम्रोसँग घटनामा संलग्नको बाटो पहिल्याउन नसकेको हो। प्रहरीसँग घटनाको फरेन्सीक एभिडेन्सहरु र छ। पोस्टमार्टम रिर्पोट आइसकेको। फरेन्सीक ल्याबको रिर्पोट आउन बाँकी छ।

भागरथी केसमा पक्राउ परेका आरोपी किशोरले बलात्कार स्वीकार गरेनन्

अहिलेसम्म घटनास्थल जाँच, घटनास्थलमा आरोपीको उपस्थिति, सोधपुछको क्रममा निजले दिएको बयान, टेक्निकल अनुसन्धानमा खुलेको उसको लोकेसन र साविती कुराहरूको आधारमा अहिलेसम्म आरोपित उनी नै हुन्।

५ फागुन, २०७७, १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।