भागरथी केसमा पक्राउ परेका आरोपी किशोरले बलात्कार स्वीकार गरेनन्

भागरथी केसमा पक्राउ परेका आरोपी किशोरले बलात्कार स्वीकार गरेनन्

काठमाडौं : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका एक किशोरले बलात्कार गरेको अस्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। भट्टको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका किशोरले बयानको क्रममा बलात्कार गर्न खोजेको तर बलात्कार नगरेको बयान दिएको डिआइजी उत्तम सुवेदीले जानकारी दिए।

पक्राउ आरोपी सार्वजनिक गर्दै उनले भने‘ आरोपी भट्ट भन्दा पहिल्यै उनलाई मार्ने उद्देश्यले घटनास्थलमा कुरेर बसेका थिए। उनले भट्टलाई सडकभन्दा तल धकेली दिएका थिए। त्यसपछि बलजफती नियन्त्रणमा लिएर पाइन्ट घुडाँ तलसम्म सारेर करणीको प्रयास गरेको बताएका छन्। उनले करणी गर्न लाग्दा त्यत्तिकै छाडेको बताएका छन्।’ 

घाँटी थिचेर हत्या गरेपछि उनले मोबाइलको ब्याट्री फालेर घर गएको देखिएको छ।

यसभन्दा अगाडि प्रहरीले पोस्टमार्टम रिर्पोटका आधारमा भागीरथको बलात्कार र हत्या भएको दाबी गरेको थियो । 

विद्यालय गएर घर फर्कनेक्रममा हराएकी किशोरी भट्ट घर नआइपुगेपछि खोजीको क्रममा दोस्रो दिन उनको शव फेला परेको थियो। प्रहरीले उनको बलात्कार र हत्या आरोपमा उनकै छिमेकी युवकलाई मंगलबार पक्राउ गरेको थियो।

५ फागुन, २०७७, १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।