भागरथी घटनामा प्रहरीले खुलाएकाे आरोपी पक्राउका तीन आधार

भागरथी घटनामा प्रहरीले खुलाएकाे आरोपी पक्राउका तीन आधार

काठमाडौँ : सुदूर पश्चिमाञ्चल प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको तीन आधारमा आरोपी पक्राउ गरेको बताएका छन्। बैतडीमा पत्रकार सम्मेलन गर्दै उनले ‘घटनाको बेलामा आरोपी सो क्षेत्रमा देख्ने प्रत्यक्षदर्शीको बयान, आरोपीको साविती बयान अनि टेक्निकल अनुसन्धानमा सो समयमा उनको लोकेसन घटनास्थलमा देखिएको आधारमा आरोपी पक्राउ गरिएको हो।

घटनामा आरोपीको संलग्नताबारे बुधवार उनले थप तथ्य र प्रमाण भने खुलाएनन्। घटना भएको दिन पक्राउ आरोपीको गतिविधि, उसको व्यवहार नै तत्काल पक्राउ गर्ने आधार मात्र देखिएको छ।

प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्दै सुवेदीले भने:

अनुसन्धानमा अभियुक्तले अन्तिम कक्षा नपढी १: ४५ बजे नै विद्यालयबाट घर जानेक्रममा साथीहरूलाई बजारमा छाडेर आफू एक्लै चडेपानीतर्फ गएको देखिएको छ। भागीरथी भट्ट एक्लै सडकै सडक हिँडेर आइरहेको बेला आरोपी उनलाई मार्ने उद्देश्यले घटनास्थलमा कुरेर बसेको देखियो। उनले भट्टलाई सडकभन्दा तल धकेलेर उनलाई बलजफती नियन्त्रणमा लिएर पाइन्ट घुँडा मुनीसम्म तानेर करणी गर्न लाग्दा त्यत्तिकै छाडेको बयान दिएका छन्। उनले सो पश्चात्। भट्टको मोबाइलको ब्याट्री झिकेर फालेर घर गएको देखिन्छ।

डिआइजी सुवेदीले अगाडि भने : 

यसबारे केही जानकारी केही जानकारी आइसकेको छ। घटनास्थल जाँच, घटनास्थलमा आरोपितको उपस्थिति, सोधपुछको क्रममा निजले दिएको बयान। टेक्निकल अनुसन्धानमा देखिएको उसको लोकेसनको आधारमा आरोपीलाई हामीले पक्राउ गरेका छौँ।

आरोपीले कति कुरा सत्य भनेका होलान्, कतिपय झुट बोलेका होलान् त्यसबारे हामी अनुसन्धान गर्नेछौँ। अहिले साविती कुराहरूको आधारमा अहिले हामीले आरोपित बनाएका छौँ ।

 

 

५ फागुन, २०७७, १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।