टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत

टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत
तस्बिर : इमर्जिङक्रिकेट डट कम।

काठमाडौं : टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपालकाे स्थान यथावत छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निर्धारण गरेको टी–ट्वान्टी क्रिकेटकाे नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको हो। नेपालले १ सय ८० अंकको रेटिङ पाएको छ। 

यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो।

एसोसियट राष्ट्रमा नेपालभन्दा अघि संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्याण्ड छन्। नयाँ वरीयता अनुसार युएई १३ र स्कटल्याण्ड १४ औं स्थानमा छन्। 

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ। त्यसपछि अस्ट्रेलिया, भारत, पाकिस्तान र दक्षिण अफ्रिका क्रमशः दोस्रोबाट पाँचौं स्थानमा छन्। 

नेपाल एकदिवसीय वरीयतामा भने १७ औं स्थानमा छ। 

 

३ फागुन, २०७७, १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।