चन्द्रपुरविरुद्ध आर्मीको सहज जित, शीर्ष स्थानको एपिएफभन्दा २ अंकले पछि 

चन्द्रपुरविरुद्ध आर्मीको सहज जित, शीर्ष स्थानको एपिएफभन्दा २ अंकले पछि 
तस्बिर : एन्फा।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (आइतबार) सम्पन्न खेलमा आर्मीले चन्द्रपुरलाई ६–१ गोल अन्तरले पराजित गरेको हो।

टोलीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले खेलको १०, २२, ५० र ६१ औं मिनेटमा गोल गरिन्। यस्तै, विमला चौधरीको नाममा २ गोल रह्यो। विमलाले खेलको २३ र ५६ औं मिनेटमा गोल गरिन्। 

चन्द्रपुरको तर्फबाट सान्त्वना गोल रजनी थोकरको नाममा रह्यो।  

जितसँगै दोस्रो स्थानमा यथावत रहेको आर्मीले १० खेलमा २५ अंक जोडेको छ। ऊ शीर्ष स्थानको एपिएफभन्दा २ अंकले मात्रै पछाडि छ। तर, एपिएफले आर्मीभन्दा १ खेल कम खेलेको छ। एपीएफको ९ खेलबाट २७ अंक छ। 

चन्द्रपुर भने १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ।

२ फागुन, २०७७, १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।