काठमाडौं : संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा रिट निवेदकतर्फका बहसकर्ता अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा मात्रै उनलाई संसद् विघटनको अधिकार रहने तर्क गरेको छ।
उकेरा अपडेट
अधिवक्ता ओमप्रकाशको तर्क– विश्वासको मत नपाए मात्रै प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार

रिट निवेदक रमेश बडालको तर्फबाट जवाफी बहस गर्दै उनले यस्तो तर्क गरेका हुन्। ‘प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन। विश्वासको मत पाउन नसकेको अवस्थामा मात्रै प्रधानमन्त्रीलाई विघटनको अधिकार हुन्छ,’ उनले भने।
अहिले प्रधानमन्त्रीले विश्वासको मत नलिएको उनको तर्क थियो।
सर्वाेच्च अदालतमा गत माघ ४ गतेदेखि जारी बहसमा अहिले रिट निवेदक तर्फको बहस चलिरहेको छ।
२०७७ फागुन ०२ गते १६:५६ मा प्रकाशित