बन्दले सीमामै अलपत्र नेपाली (फोटो फिचर) 

बन्दले सीमामै अलपत्र नेपाली (फोटो फिचर) 

भैरहवा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले आयोजना गरेको देशव्यापी आमहड्तालका कारण भारतबाट स्वदेश फर्किएका नेपाली रूपन्देहीको सीमा नाका बेलहियामै अलपत्र परेका छन्। 

बन्दका कारण सवारी साधन नचलेपछि रोजगारी तथा अन्य काम गरेर फर्किएकाहरू गन्तव्यतर्फ जान पाएका छैनन्।

कतिपय भने चर्काे मूल्य तिरेर अटो रिक्सामा गन्तव्यतर्फ लागेका छन्। 

बन्दका कारण बेलहियादेखि एक किलोमिटरसम्म सवारी साधनको लाइन लागेको छ। 

२२ माघ, २०७७, १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।