लोगोदेखि नोट बुकसम्म सबैतिर प्रचण्डै, प्रचण्ड

लोगोदेखि नोट बुकसम्म सबैतिर प्रचण्डै, प्रचण्ड

काठमाडौँ : नीति भन्दा ब्यक्ती मुखी बन्दै गएको भन्दै एमालेलाई गाली गरेर नथाक्ने माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुरै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केन्द्रित बनाइएको छ। युवामा नेतृत्व हस्तान्तरण गर्ने प्रयास नभएको भन्दै आलोचना भइरहेको बेला महाधिवेशनको लोगोदेखि महाधिवेशनका प्रतिधीलाई बाँड्ने नोट कपीसम्ममा छाएका छन् प्रचण्ड।

एमालेको विधान अधिवेशन १० औँ महाधिवेशनमा आउटकलदेखि पानीको बोतलसम्मलाई ओलीमय बनाइएको थियो।

महाधिवेशन स्थलमा राखिएका फ्लेक्समा उनी प्रचण्ड छाएका छन्। गेटमा उनी प्रचण्ड छन्। प्रज्ञा भवन कमलादीमा भइरहेको सम्मेलन स्थलमा अझैँ ब्यानर र गेटहरू राख्ने काम भइरहेकै छैन। राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा आएर आठौँ महाधिवेशन नामकरण गरेकाले व्यवस्थापनमा खटिएकाहरूलाई भ्याई नभ्याई भएको छ।

राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाउने भनेको माओवादीले अन्तिम समयमा उद्घाटन शत्रमा अन्य दलका नेताहरूलाई समेत निम्ता दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली झापामा भएकाले नआउने भएका छन्।

मुख्य हलभित्र नअट्ने सहभागीहरूका लागि हल बाहिर स्क्रिन राखेर उद्घाटन शत्र हेर्न सक्ने बनाइएको छ। सहभागीहरूसँग प्रतिव्यक्ति २ हजार लेबि लिएर नोट बुक लगायतका सामाग्री दिइएको छ। एमालेसँगको एकता टुटेपछि माओवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। संख्याका आधारमा भने यसलाई आठौँ महाधिवेशन भनिएको छ। महाधिवेशनले आगामि नीतिसँगै पार्टीको नेतृत्व समेत चुन्नेछ।

११ पुस, २०७८, १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।