पाँच सय मत गन्दा देउवा तीन सय नजिक

पाँच सय मत गन्दा देउवा तीन सय नजिक

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भइरहेको मत गणनामा पाँच सय मत गन्दा शेरबहादुर देउवा ले तीन सय निकट पुगेका छन्ले। देउवाको २ सय ९१ मत पाएका छन्। 

शेखर कोइरालाको एक सय ९४ मत आएको छ। राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो।

राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।

दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी  कल्याण गुरुङले समर्थन गरेका थिए। नेतृत्व परिवर्तन भन्दै उम्मेदवारी दिएकाले पुरानै नेतृत्वलाई समर्थन गरेपछि उनीहरूको आलोचना भइरहेको छ।

 

 

२८ मंसिर, २०७८, ००:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।