नेपाल कम्युनिस्ट पार्टी नाम कट्टेललाई

नेपाल कम्युनिस्ट पार्टी नाम कट्टेललाई

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नामको आधिकारिकता ऋषि कट्टेलको नेकपाले पाएको छ। विवाद बारे परेको रिटमाथि सर्वोच्च अदालतले आजका लागि निर्णय सुनाउँदै रिट जारी गर्ने फैसला गरेको हो। रट न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण भएपछि निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामबाट पार्टी दर्ताको अनुमति दिएको थियो। आयोगको यो निर्णयसँगै आफ्नो पार्टीको नामसँग मिल्दो नाम दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट ऋषि कट्टेलले अदालतमा रिट दायर गरेका थिए। २१ मङ्सिर २०७५ मा र्सोच्चमा परेको रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो।


रिटमाथिको सुनुवाइ १३ फागुनमा सकिएको थियो। सुनुवाइ सकिएसँगै सर्वोच्चले २० गते निर्णय सुनाउने मिति तोकेको थियो। तर,त्यस दिन पूर्वप्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा सर्वोच्चसहित देशभरका अदालत बन्द गरिएको थियो । अदालत बिदा भएपछि २० गतेको फैसला आज सुनाइएको हो।
 

२३ फागुन, २०७७, १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।