सर्वोच्चले भन्यो: सरकार बन्ने अन्य विकल्प कायमै रहेकाले संसद् विघटन बदर हुन्छ 

सर्वोच्चले भन्यो: सरकार बन्ने अन्य विकल्प कायमै रहेकाले संसद् विघटन बदर हुन्छ 

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएको छ।

सर्वोच्चको संवैधानिक इजलासले ‘अन्य विकल्प हुँदाहुँदै संसद् विघटन गरेको’ भन्दै संसद् पूनर्स्थापनाको फैसला गर्दै सरकार बन्ने अन्य विकल्प रहेको र प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुको कारणबारे दिएको लिखित जवाफ अनुसार संसद् विघटन हुन नसक्ने भन्दै विघटनलाई बदर गरेको हो।

संसद् पूनःस्थापना भए पनि प्रधानमन्त्री ओलीले संसद् बैठक बोलाउन ढिलाइ गर्न सक्ने जोखिम हेरेर संसद् विघटनको विपक्षमा बहस गर्ने कानुन व्यवसायीहरूले फैसलामै पहिलो बैठकको माग गरेका थिए। इजलासले संसद् विघटनलाई बदर गरेसँगै फैसलाको १३ दिनभित्रमा प्रतिनिधि सभाको पहिलो बैठक राख्न समेत आदेश दिएको छ।

 

 

११ फागुन, २०७७, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।